गाउँमा विद्युत् विस्तारको माग गर्दै बैतडीको मेलौली नगरपालिकाका जनप्रतिनिधिले नै आमरण अनशन शुरु गरेका छन् ।
गाउँमा विद्युत् विस्तार नभएको भन्दै मेलौली–९ का वडासदस्य भीमदत्त भट्ट आमरण अनशनमा बसेका छन् ।
वडासदस्य भट्टसँगै स्थानीय बमबहादुर चन्द अनशनमा बसिरहेका छन् । उनीहरुले मेलौली नगरपालिका भवनकै आँगनमै सोमबारदेखि अनशन शुरु गरेका हुन् ।
गाउँमा विद्युत् नभएकै कारण चि’तुवाको आ’क्रमणबाट स्थानीयवासीले अकालमा ज्या’न गु’माउनु परिरहेकाले आमरण अनशनमा बसेको वडासदस्य भट्टले बताए ।
उनले भने, “मेलौलीको ८ र ९ नं वडा चितुवाबाट प्रभा’वित वडा हुन्, चि’तुवाको आ’क्रमणबाट बच्नका लागि विद्युत् विस्तारको माग गरेर अनशनमा बसेका हौँ ।”
मेलौली–८ र ९ को सिमानामा पर्ने डडेल्धुराको भागेश्वरमा विद्युत् पुगिसकेकाले त्यतैबाट विद्युत् विस्तारका लागि पहल गर्नुपर्ने उनीहरुको माग छ ।
यस आर्थिक वर्षभित्र विद्युत् विस्तारका लागि प्रतिबद्धता नआएसम्म अनशन जारी रहने जनाइएको छ ।
नगरपालिकाको नीति तथा कार्यक्रममा पनि विद्युत् विस्तारको कुरा आएकाले त्यसलाई कार्यान्वयनका लागि बजेट छुट्याएर काम अघि बढाउनुपर्ने उनीहरुको माग छ ।
माग पूरा नहुञ्जेलसम्म अनशन जारी रहने चेतावनीसमेत दिइएको छ । यता नगरपालिकाका प्रमुख कृष्णसिंह नायकले विद्युत् विस्तारका लागि पालिकाले गर्नुपर्ने सम्पूर्ण प्रयास गरिरहेको बताए ।
मेलौलीमा सबस्टेशन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालयले प्रक्रिया अघि बढाइसकेकाले जतिसक्दो चाँडो होस् भनेर पालिकाका तर्फबाट समेत समन्वय भइरहेको उनले बताए ।
उनले भने, “विद्युत् विस्तारको काम प्रक्रियामा अघि बढिसकेको छ, अनशन बस्नु खासै आवश्यक छैन, पालिकाका तर्फबाट सबै सरोकारवालालाई विद्युत् विस्तारका लागि पहल गरिरहेका छौँ ।”
यसअघि आइतबारमात्रै मेलौली–८ र ९ का स्थानीयवासीले विद्युत् विस्तारको माग गर्दै नगरप्रमुख नायकलाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।