बागमती प्रदेशसभा बैठक आगामी असार १७ गते बस्ने भएको छ ।
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले असार १७ गते ३ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरेका हुन् ।
उक्त बैठकमा प्रदेश सरकारले संसद्मा प्रस्तुत गरेको आगामी
आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्य माथि छलफल हुने जनाइएको छ ।
गत असार १ गते बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी
आर्थिक वर्षको बजेट प्रस्तुत गरे लगत्तै स्थगित भएको प्रदेश सभा बैठक हाल सम्म पनि बस्न सकेको थिएन ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि पूँजीगत तर्फ २९ अर्व ७० करोड ४३ लाख
४ हजार रुपैयाँ र चालुतर्फ २६ अर्व १ करोड ६६ लाख २३ हजार रुपैयाँ र वित्तीय तर्फ २
अर्व रुपैयाँ गरी कुल कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।