पूर्वी राप्ति जलाधारको रजैया, मकवानपुगढी र आसपासका क्षेत्रमा भारी
वर्षा भइरहेकाले आकस्मिक बाढीको चेतावनी दिइएको छ ।
बाढी पूर्वानुमान महाशाखाले बुधवार बिहान ट्विटरमा सूचना
राख्दै पछिल्लो ६ घण्टादेखि भारी वर्षामापन भएको जनाएको छ ।
‘जलाधारका स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने,
नदी तटीय क्षेत्र र होचा तथा डुबान हुने क्षेत्रमा दिउँसोसम्मै
उच्च सतर्कता अपनाउनुहोला,’ महाशाखाले जनाएको छ ।
मिठो खाना कसरी बनाउने ? तपाईँलाई काम लाग्ने केही टिप्स भान्सामा मिठो खाना बनाउन त्यति सहज छैन ।
राम्रो खाना बनाउन सक्ने मानिस मुश्किलले भेटिन्छन् ।
पुरुषको त के कुरा गर्नु, अधिकांश नेपाली महिलालाई पनि मिठो र राम्रो खाना बनाउन आउँदैन ।
तर हामी यहाँ केही टिप्स दिँदैछौं जसलाई अपनाएर तपाईं मिठो खाना बनाउन सक्नुहुन्छ ।
बेकिङ गर्नुअघि ओभनलाई अलिकति तताउनुस् ।
तातिसकेपछि बल्ल त्यसभित्र बेक गर्ने कुरा छिराउनुस् ।
केही कुरा उमाल्नुछ भने प्रेसर कूकरको ढकनी ध्यानपूर्वक बन्द गर्नुस् ।
यसो गर्दा बाफ छेउबाट फुत्किन पाउँदैन ।
अनि आगो मध्यम नै राख्नुस् जसले गर्दा प्रेसरबाट बाफका साथै सबै पानी
बगेर नजाओस् । यसो गर्नुभयो भने खाना छिट्टो उम्लिन्छ र ग्यासको पनि बचत हुन्छ ।
झोल तरकारी खाने हो भने पहिला भुट्नुस् र अर्को चुलोमा पानी उमालिराख्नुस् ।
त्यो उम्लेको पानी हालेर पकाउँदा मीठो तरकारी बन्छ ।
प्याज भुट्नका लागि त्यसमा अलिकति नून हाल्नुस् । त्यसो गर्दा चाँडै पाक्छ ।
काँक्रोलाई बीचबाट पिटक्क भाँच्नुस्, काट्ने होइन । यसो गर्दा तीतो भाग आउँदैन ।
भान्सामा तीखो चक्कु र फूड प्रोसेसर राख्नुभयो भने छिट्टै र सजिलै तरकारी काट्न पाउनुहुन्छ र समय बच्छ ।
फलामको कराईमा खाना पकाउनु र खानुुभयो भने शरीरमा आइरनको कमी पूरा हुन्छ ।
मिठो पूरी बनाउनु छ भने दूधले पीठो मुछ्नुस् ।
पकौडा बनाउँदा बेसनमा कागतीको रस हाल्नुभयो भने पकौडाले धेर
तेल सोस्दैनन् र कुरुमकुरुम बन्छन् ।
एजेन्सी