फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) स्पेनिस क्लब रियल मड्रिडका पूर्व कप्तान तथा सेन्टर डिफेन्डर सर्जियो रामोसलाई भित्र्याउने चासो देखाएको छ ।
पिएसजीले पछिल्ला केही दिनयता रामोसप्रति चासो बढाएको र दुवै पक्ष सकारात्मक रहेको फ्रेन्च पत्रिका एल इक्युपेले जनाएको छ ।
रियल मड्रिडमा नयाँ सम्झौतामा कुरा नमिलेपछि जुन १७ मा रामोसले १६ वर्षे मड्रिड बसाइँ अन्त्य गरेका थिए ।
एक इक्युपेका अनुसार पिएसजीले रामोस समक्ष तत्कालका लागि १ वर्षको सम्झौता गर्ने र त्यसपछि १ वर्ष थप गर्न सक्ने प्रस्ताव राखेको छ ।
पिएसजीका खेल निर्देशक लियोनार्दो रामोसलाई क्लब भित्र्याउन निकै आतुर देखिएका छन् ।
तर उनलाई प्रेसनल किम्पेम्बे, मार्किन्होसजस्ता खेलाडीलाई पछि पार्दै सुरुवाती ११ मा स्थान बनाउन भने त्यति सहज हुने छैन ।
रामोस जुन ३० (आज)बाट फ्रि ट्रान्सफरका लागि उपलब्ध हुनेछन् ।
उनलाई भित्र्याउन इङ्लिस क्लब चेल्सी, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेडले पनि चासो देखाएका छन् ।