असार १६, काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सले आगामी असार २४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले जारी पूँजीको ३० प्रतिशत अर्थात ६४ लाख ५० हजार कित्ता अर्थात
६४ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो ।
जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता
कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरेको छ ।
त्यस्तै, बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ ।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा हालसम्म कै उच्च आवेदन परेको छ ।
२० लाख ८४ हजार ७ सय ६२ जना आवेदकले ३ करोड १२ लाख ६६ हजार २६०
कित्ताको लागि आवेदन दिएका छन् । यो मागभन्दा १६.९१ गुणा बढी हो ।
यो आवेदन संख्या पनि हालसम्मकै उच्च हो ।