कञ्चनपुरको महाकाली नदीमा निर्माण भएको दक्षिण एसियाकै दोस्रो लामो झोलुंगे जीर्ण अवस्थामा पुगेको छ ।
पुल जीर्ण हुँदा पुलबाट महाकाली पारि रहेको दोधरा–चाँदनी नगरपालिका आवतजावत गर्न समस्या भएको छ ।
वर्षा सुरु भएपछि झोलुंगे पुलमाथि निमार्णाधीन चार लेनको पक्की पुलको पहुँच मार्गसमेत महाकाली
नदीको बाढीले भत्काएपछि दोधरा–चाँदनी नगरपालिका आवतजवत गर्न स्थानीयले झोलुंगे पुलको
भरपर्दा पुल दिनानुदिन जीर्ण हुँदै जाँदा स्थानीयलाई समस्या भएको छ ।
“सदरमुकाम आवतजावत गर्न महाकाली नदीमा चार लेनको निर्माणाधीन पक्की पुल थियो,
केही दिन अगाडि नदीमा आएको बाढीले पुलको पहुँच मार्ग भत्किँदा सदरमुकाम जाने बाटो बन्द भएको छ,”
दोधरा– चाँदनी नगरपालिकाका स्थानीय रमेश सुनारले भने, “को’रोना महा’मा’रीका कारण सुरु भएको निषेधाज्ञा केही खुकुलो पारिएको छ,
दैनिक सदरमुकाम आउने जाने काम पर्दछ, सदरमुकाम आवतजावत गरिने झोलुंगे पुल जीर्ण हुँदै जाँदा
पुलमा यात्रा गर्न समस्या भएको छ ।” वर्षायाममा नदीमा पानीको बहाब बढेकाले जीर्ण पुलबाट गरिने यात्रा जोखिमपूर्ण भएको स्थानीय सुनारले बताए ।
दोधरा–चाँदनी नगरपालिकाले भने जीर्ण पुलको मर्मत कार्य केही समयभित्र सुरु हुने जनाएको छ ।
नगरपालिकाकी उपप्रमुख चिनी ओझा गिरिले नगरपालिकाले इन्जिनियरसहितको प्राविधिक टोली पठाएर अविलम्ब पुल निर्माण गरिने बताइन् ।
“यसअघि पनि नगरपालिकाले समय समयमा जीर्ण भएको अवस्थामा पुलको मर्मत कार्य गर्ने गरेको थियो,
नगरपालिकाले नगरसभामार्फत नै बजेट विनियोजन गरेर पुलको मर्मतका लागि आवश्यक सामान खरिद गरेर मर्मत सम्भार कार्य गर्ने गरेको छ,”
नगरपालिकाकी उपप्रमुख चिनी ओझा गिरिले भनिन्, “यसपटक पनि केही मर्मत गर्नुपर्ने आवश्यक भएको भन्ने जनगुनासो आएको छ,
तसर्थ केही समयभित्रै आवश्यक जनशक्ति पठाएर जीर्ण पुलको मर्मत कार्य सुरु गरिने नगरपालिकाको योजना छ ।”
नगरपालिकादेखि सदरमुकाम आउनका लागि दुईपांग्रे सवारी साधनभन्दा अन्य साधन लिएर आउनका लागि
भारतको बाटो प्रयोग गरेर आउनु पर्ने बाध्यता छ । झोलुंगे पुल जीर्ण भएपछि स्थानीयलाई आवतजावत गर्न असहज हुने
परिस्थितिलाई मध्यनजर गर्दै नगरपालिकाले छिटोछरितो झोलुंगे पुल मर्मत गर्न प्राथमिकता दिने उपप्रमुख चिनी ओझा गिरिले बताइन् ।