काठमाडौं । नेकपा एमालेले नेता झलनाथ खनालको सवै उपचार खर्च व्यहोर्ने भएको छ ।
बालुवाटारमा बुधवार बसेको बैठकले नेता खनालको सबै उपचार खर्च व्यहोर्ने
निर्णय गरेको एमालेका केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।
एमालेका नेता नेता खनाल स्वास्थ्य अवस्था बिग्रिएपछि भारतमा उपचाररत छन् ।
नेता खनालको उपचार नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार भइरहेको छ ।
आजको बैठकले नेता खनालको स्वास्थ्यलाभको कामना पनि गरेको छ।