आजबाट आन्तरिक हवाई उडान सुरु हुने भएको छ ।
दाेस्राे लहरकाे कोरोना संक्रमण फैलिएसँगै सरकारले आन्तरिक उडान बन्द गरेको थियो ।
झन्डै दुई महिनाको अन्तरालपछि उडान पुन: सञ्चालनमा आएको हो ।
नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायुसेवा कम्पनीका दैनिक ६४ उडान सञ्चालन हुने गरी तालिका बनाएको छ ।
वायुसेवा कम्पनीहरुले जनस्वास्थ्य मापदण्ड पुरा गरी सेवा प्रदान गर्नु पर्नेछ ।
असार ७ गते मन्त्रिपरिषदको बैठकले ५० प्रतिशत क्षमतामा आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
बुद्ध एयरले ३१, यति एयरले १५, श्री एयरले सात, सौर्य एयरले
तीन, नेपाल एयर, तारा एयर, समिट एयर र सीता एयरले दुई-दुई उडान गर्नेछन् ।