गण्डकी प्रदेशका नवनियुक्त मुख्यन्यायाधिवक्ता रोहितराज बास्तोलाले शपथ लिएका छन् ।
उनलाई गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष उच्च अदालत पोखराका
मुख्य न्यायाधीश रमेश पोखरेलले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
सो कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली,
सभामुख नेत्रनाथ अधिकारी, प्रदेशका मन्त्रीहरु, प्रदेशसभा सदस्य र सचिवहरुको उपस्थिति रहेको थियो ।
बास्तोलालाई मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख पौडेलले सोमबार नियुक्त गरेका थिए ।
अमेरिकाद्वारा नेपाली सेनालाई सहयोग
अमेरिकाले नेपाली सेनालाई आउट बोर्ड मोटरसहितको ४ वटा उद्वार डुंगा सहयोगस्वरुप उपलव्ध गराएको छ ।
छाउनी स्थित जंगी असवाव खानामा एक अमेरिकी राजदूतावासका अधिकारीले नेपाली सेनाको विपद् व्यवस्थापन
निर्देशनालयका निर्देशक सहायक रथी रामनाथ शर्मा (ढुंगाना) लाई सो सहयोग सामाग्री हस्तान्तरण गरेका हुन् ।
उक्त डुंगाहरु बाढी/डुबान जस्ता जल उत्पन्न विपद्का समयमा उद्धार तथा राहत कार्यमा बहुउपयोगी हुने विश्वास नेपाली सेनाले लिएको छ ।