मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओमा मागभन्दा ३६ गुणा बढी आवेदन परेको छ ।
विक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार शुक्रवार बिहान १०:३० बजे सम्ममा ९ लाख ९६ हजार ३३८ जना आवेदकबाट १ करोड ३३ लाख ४७ हजार २२० कित्ताका लागि आवेदन परेको हो ।
कम्पनीले असार १७ गतेदेखि ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।
जसमध्ये ६ हजार ५८ कित्ता कर्मचारीहरुको लागि, १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरेको र बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।
आईपीओ निष्कासन बन्द मिति छिटोमा असार २१ र ढिलोमा असार ३१ गतेसम्म रहेको छ ।
आवेदकले न्यूनतम १० कित्ता रअधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी डबल बि माइनस रेटिङ प्रदान गरेको छ ।
यस्तो रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा माध्यम मात्रामा सुरक्षित देखाउँछ ।
आईपीओ निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
आवेदकले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यलयहरुबाट आवेदन दिन सक्नेछन् ।
साथै आवेदकले मेरोशेयर सफ्टवेयरमार्फत पनि पनि आवेदन दिन सक्नेछन् ।