सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूक’म्प गएको छ ।
शुक्रबार राति १० बजेर २ मिनेटमा भूक’म्पको धक्का महशुस गरिएको हो ।
बझाङ र बाजुराको सीमा सैपाल नजिक केन्द्र बनाएर ४ दशमलव १
रेक्टर स्केलको भूक’म्प गएको भूक’म्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
भूक’म्पबाट के कति क्षति भयो भन्ने विवरण अहिलेसम्म सार्वजनिक भएको छैन ।
स्थापना दिवसमा खाद्यान्न सहयोग :
पोखरा महानगरपालिका वडा नं २७ स्थित तालचोक कृषि सहकारी संस्थाले आफ्नो स्थापना दिवसमा
श्रीकृष्ण प्रणामी वृन्दावन धाम डाँडाकोनाकलाई खाद्यान्न तथा स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।
सहकारीले चामल दाल, तेल, आलु मसला, विस्कुट र चिउरा लगायतका सामग्री हस्तान्तरण गरेको हो ।
संस्थाका अध्यक्ष उत्तम भण्डारीले कोभिड – १९ को सङ्कटको समयमा आश्रममा सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको बताए ।
उक्त अवसरमा मास्क, स्यानिटाइजर लगायतका सामग्री समेत हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा धामका गुरु स्वामी विष्णु वशिष्टले दाताहरूको सहयोगले आश्रमका रहेका
ज्येष्ठ नागरिक र बालबालिकालाई दैनिक जीवनयापनमा सहज हुँदै आएको बताए ।