अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार बिहान भएको खेलमा इक्वेडरलाई ३–० ले हराउँदै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो ।
पेर्डाे लुडोभिक स्टेडियममा भएको खेमा अर्जेन्टिनालाई जित दिलाउन
रोर्डिगो डे पावल, लाउरेटो मार्टिनेज र लियोनल मेस्सीले एक÷एक गोल गरे ।
अर्जेन्टिनाले खेलको ४०औँ मिनेटमा अग्रता बनाएको थियो ।
अर्जेन्टिनाका लागि पावलले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
८४औँ मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे ।
खेलको इन्ज्युरी समयमा मेस्सीले प्रि–किकमार्फत गोल गर्दै टिमलाई ३–० को जित दिलाए ।
जितसँगै अर्जेन्टिना सेमिफाइनल पुग्ने अन्तिम टोली बनेको छ ।
अर्जेन्टिनाले अब सेमिफाइनलमा कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ ।