खसीबाख्रामा लाग्ने पिपिआर रो’गबाट सुरक्षित राख्न पर्साका १४ स्थानीय तहमा ७४ हजार खसीबाख्रामा खो’प लगाइएको छ ।
आर्थिक वर्ष २०७७/०७८ को कार्यक्रमअनुसार सो रो’गवि’रुद्धको खो’प लगाइएको कार्यालयका निमित्त प्रमुख वीरबहादुर श्रेष्ठले बताउनुभयो ।
उहाँले जनकपुर प्रयोगशालाबाट एक लाख ५० हजार डोज खो’प मागेकामा ७४ हजार खो’प डोज मात्र पठाइएको बताउनुभयो ।
म’हामा’रीका रुपमा रहेको पिपिआर रो’गवि’रुद्धको खो’प प्रत्येक वर्ष लगाउँदै आए पनि पूर्णरुपमा खो’प
प्राप्त हुन नसकेकाले कतिपय ठाउँमा खसीबाख्रामा उक्त खो’प लगाउन नसकिएको हो ।
पिपिआर रो’ग सरुवा रो’ग भएकाले समयमै खो’प लगाएपछि अन्य ठाउँमा यो रो’ग भने सर्न सकेन ।
तीन महीनाभन्दामाथिका खसीबाख्रा, बोका, पाठापाठीलाई सो रो’गवि’रुद्धको खो’प लगाइए पनि
गर्भिणी बाख्रालाई उक्त रोगविरुद्धको खो’प भने लगाउन नहुने कार्यालयले जनाएको छ ।