राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन तेस्रो साता गर्न प्रस्ताव गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग कक्षा १२ को परीक्षा सञ्चालनका लागि
अनुमति मागेको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए।
२६ जेठका लागि निर्धारित परीक्षा को’भिड–१९ म’हामा’रीका कारण अनिश्चितकालका लागि स्थगित भएको थियो।
साउन दोस्रो सातापछि को’भिड–१९ सं’क्मण कम हुने र परीक्षा
सञ्चालन गर्न सकिने बोर्डका अधिकारीहरू बताउँछन्।
काठमाडौं उपत्यकामा २२ असारदेखि २५
जनासम्मलाई एकै ठाउँमा राखेर परीक्षा सञ्चालन गर्न पाइने भएको छ।