नेपालमा एक महिनाभित्र कम्तिमा ३४ लाख डोज को’रोना विरु’द्धको खो’प आईपुग्ने भएको छ ।
चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको सवा २४ लाख डोज
भेरोसेल खो’प आगामी तीन साताभित्र काठमाडौं आउने भएको हो ।
यसैगरी विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधा
अन्तर्गतका १० लाख डोज जोन्सन एण्ड जोन्सनको खो’प एक महिनाभित्र आउने भएको छ ।
चिनबाट सिनोफार्मको पहिलो खेप यही असार २५ गते काठमाडौं आइपुग्नेछ ।
यस्तै साउन १ गते र ८ गते थप दुई खेप खो’प काठमाडौं भित्रिनेछ ।
स्रोतका अनुसार एक पटकमा नेपाल एयरलाइन्सको बिमानले ८ लाख ९ हजार ६०० डोज खोप ल्याउनेछ ।
यसअनुसार तीन खेपमा सवा २४ लाख अर्थात २४ लाख २८ हजार ८०० डोज खो’प काठमाडौं आइपुग्नेछ ।
बाँकी १५ लाख ७१ हजार २०० डोज खो’प लिन थप दुई उडान हुनेछन् ।