निमित्त उपकुलपतिले आफूसँग हुँदै नभएको अधिकार प्रयोग गरेर शिक्षक तथा कर्मचारीको
स्थायी नियुक्ति प्रक्रिया रोकेको भन्दै नेपाल खुला विश्वविद्यालयका शिक्षक–कर्मचारी आन्दोलित भएका छन्।
चार वर्षदेखि सञ्चालनमा रहेको खुला विश्वविद्यालयका शिक्षक कर्मचारीलाई स्थायी
गर्ने विज्ञापनमा रोक लगाउने कुलपति र उपकुलपतिको निर्णयको वि’रोधमा
आन्दोलनकारीले आइतबारदेखि शैक्षिक प्रशासनिक काम ठप्प पारेका छन्।
आइतबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनकारी शिक्षक तथा कर्मचारीहरुले भनेका छन्
‘तत्काललाई विश्वविद्यालयका सम्पूर्ण शैक्षिक, प्रशासनिक तथा प्राविधिक कार्यहरू
यो हप्ताभर (असार २५ सम्म) लाई स्थगित गर्न शिक्षक तथा कर्मचारीहरू बाध्य बनेका छौँ।’