काठमाडाैं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ संस्थान अन्तर्गतको पूर्वाञ्चल क्याम्पसका विद्यार्थीहरूले राष्ट्रियस्तरको अनलाइन प्रविधि मेला ‘डेल्टा २.०’ आयोजना गर्ने भएका छन् ।
यसअघि २०७६ सालमा भौतिकरूपमा पहिलाे प्रविधि मेला गरिएकाे थियाे ।
विद्यार्थीहरुको हित र आन्तरिक विकास हुने सम्पूर्ण पाठ्यक्रमिक तथा अतिरिक्त क्रियाकलापलाई प्रोत्साहन गर्दै
विज्ञान र प्रविधिलाई अभिवृद्दि गर्न अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रमहरु गर्दै आएको डेल्टाले २०७६ असार १३, १४ र १५ गते पहिलाे पटक प्रविधि मेला आयोजना गरेको थियो ।
यसपटक भने को’भिड-१९ ले सिर्जना गरेकाे विषम परिस्थितिका कारण अनलाइनबाट प्राविधि मेला हुन लागेकाे हाे,
जुन नेपालकै पहिलाे हुने बताइएकाे छ ।
याे मेला साउन ६, ७ र ८ गते हुनेछ, जसमा विशेष रुपमा पाँचवटा कार्यक्रम सञ्चालन हुनेछन् ।
यसअनुसार मल्टिमिडिया प्रदर्शन, म्याटल्याब डिजाइन प्रतियोगिता, थ्रीडी मोडेल डिजाइन प्रतियोगिता,
इन्टरकलेज प्रेजेन्टसन प्रतियोगिता र कोडाथोन रहेका छन ।
त्यस्तै साउन ९ गते कार्यक्रमको समापन एवं पुरस्कार वितरण गरिने आयोजक समितिका सरोज बानियाँले बताए ।
थ्रीडी मोडलिङ प्रतिस्पर्धाका विजेताका लागि ५० हजार रूपैंयाँ र बाँकी प्रतिस्पर्धाका लागि ३० हजार रूपैंयाँ राशीको व्यवस्था गरिएकाे छ ।
डेल्टा २.० ले इन्जिनियरिङ क्षेत्रका विद्यार्थीहरूलाई मात्र लक्षित नगरेको र प्रतिस्पर्धाका लागि आवश्यक पर्ने प्राविधिक सीप
भएका जो कोहीले आवेदन दिनसक्ने आयोजक जनाएकाे छ ।
डेल्टा २.० का मूल कार्यक्रम सुरु हुनुअघि सहायक कार्यक्रम पनि आयोजना भइरहेको छ,
जसमा ८ कक्षासम्मका विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता र सबैका लागि इन्स्टाग्राम
फोटोग्राफी प्रतियोगिता र विभिन्न विषयहरूबारे वेबिनार रहेका छन् ।
मुख्य प्रायोजक फोन पे रहेको यस महोत्सवमा एनआईसी बैंक धरान,
वर्ल्डलिंक, किरु इन्जिनियरिङ कन्सल्टेन्ट, दराज डट कम, माई परीक्षा, कोड आईटी र केटिएम कन्सल्टिङ ग्रुपले सहयोग गरेका छन् ।