काठमाडौं । नेपालमा अहिले मनसुनको प्रभाव रहेको छ ।
दुई दिनदेखि कमजोर बनेको मनसुन बुधबारदेखि पुनः सक्रिय रहने र त्यसले
देशभर मध्यमदेखि भारी वर्षा गराउने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
महाशाखाकी मौसमविद् मन्जु वासीका अनुसार भोलिदेखि वर्षा गराउने न्यूनचापीय रेखा
नेपाल प्रवेश गर्दैछ र यसले पूर्वदेखि पश्चिमसम्म वर्षा गराउन सक्नेछ ।
‘आज काठमाडौं उपत्यकामा घाम लागेको छ ।
बाँकी प्रदेशमा आंशिकदेखि पूर्णए बदली छ,’ वासीले भनिन्, ‘भोलिदेखि मनसुन पुनः सक्रिय रहनेछ ।
प्रदेश नम्बर १, २, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा वर्षा हुनेछ ।
केहि स्थानमा भारी र एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।’
न्यूनचापीय रेखा पूर्वबाट पश्चिमतर्फ सर्दै जाने भएकाले विहीबारदेखि
कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि वर्षाको सम्भावना रहेको उनले बताइन् ।
गत विहीबारदेखि आइतरबारसम्मको निरन्तर वर्षाले देशको मध्य तथा पश्चिम क्षेत्रमा बाढी,
पहिलो र भूक्षयले ठूलो क्षति गरेको थियो । राजमार्गहरु अबरुद्ध भएका थिए ।