काठमाडौं । भारत र पाकिस्तानबीच खेलकुदमार्फत राजनीति भइरहेको हुन्छ भने त्यो क्रिकेट राजनीतिबाटै हो ।
त्यसैको फाइदा अहिले पाकिस्तानले उठाउन खोजिरहेको छ ।
क्रिकेट खेलमार्फत पाकिस्तानले आफ्नो राजनीतिलाई जगाउने प्रयास गरिरहेको हो ।
पाकिस्तानले ६ देखि १६ अगष्टसम्म पाकिस्तानीसहित केही बाहिरी खेलाडी
राखेर पाकिस्तानी भूमिमा कश्मीर प्रिमियर लिग टी–२० क्रिकेट गराउन लागेको हो ।
यो प्रतियोगितालाई विश्वभरमै प्रत्यक्ष प्रशारण गराउने पाकिस्तानी योजना छ ।
६ टिमले भाग लिँदैछन् । जसमा बाग स्टेलियन, मीरपुर रोयल्स, मुजफ्फराबाद टाइगर्स, ओभरसिज वारियर्स, कोटली लायन्स र रावलाकोट हक्स रहेका छन् ।
उक्त लिगमा खेलाडीहरु पाकिस्तानी खेलाडीहरु शाहिद अफ्रिदी,
मोहम्मद अफिज, सोहेल तनवीर, इफ्तिकार अहमद, शर्जिल खान र शोएब मल्लिक,
श्रीलंकन खेलाडी तिलकरत्ने दिलशान, इङ्गल्याण्डका खेलाडी म्याट प्रायर र मोन्टी परेसर लगायतका खेलाडीहरु हुनेछन् ।
सबै खेल मुजफ्फराबादस्थित क्रिकेट स्टेडियममा हुनेछन् ।
प्रतियोगिताबारे भारत सरकारको कुनै प्रतिक्रिया आएको छैन ।
भारतका अनुसार कश्मीरसँगै गिलगित–बलटिस्तान पनि भारतको हिस्सा हो ।
तर पाकिस्तानले यो क्षेत्रमा अवैध कब्जा गरिरहेको छ ।