भारतको मध्य प्रदेशको पन्ना टाइगर रिजर्वमा एक बघिनीको असा’मयिक मृ’त्यु भएपछि एउटा बाघले आफ्ना डमरुहरुको हेरविचार गरिरहेको छ ।
पछिल्लो दुई महिनादेखि भाले बाघ आफ्ना डमरुहरुका लागि खानाको प्रबन्ध मिलाउनुका साथै उनीहरुलाई शिकार गर्ने तालिम पनि दिइरहेको छ ।
भारतीय एक सञ्चार माध्यमका अनुसार मध्य प्रदेशको पन्ना टाइगर रिजर्वमा पछिल्लो मे १५ मा बघिनी पी २१३ (३२) को मृ’त्यु भएको थियो ।
त्यसपछि नै उनका चार डमरु कतै हराएका थिए र पन्ना टाइगर रिजर्वले उनीहरुको लगातार खोजी गरिरहेको थियो ।
व्यवस्थापन पक्षलाई डमरुहरुको पालन–पोषणको चिन्ता भइहेको थियो ।
तर केही दिनपछि पन्ना टाइगर रिजर्वबाट एउटा भिडियो सार्वजनिक गरियो जसले धेरैलाई अचम्मित तुल्यायो ।
भिडियोमा भाले बाघ पी–२४३ ले आफ्ना डमरुहरुको राम्रोसँग हेरविचार गरिरहेको देख्न सकिन्छ ।
डमरुहरु आफ्ना पितासँग चट्टानमा मस्ती गरिरहेको देखिएका छन् ।
वास्तवमा पन्ना टाइगर रिजर्वमा १५ मेमा बघिनी पी २१३ (३२) को अचानक मृ’त्यु भएपछि लगभग ७ देखि ८ महिनाका चार डमरु अचानक हराएका थिए ।
पन्ना पार्क प्रबन्धनले डमरुहरुको खोजी गर्न बाघलाई जीपीएस सिस्टमयुक्त रेडियो कलर लगाइयो र उसको स्थानलाई ट्र्याक गरियो ।
त्यसपछि पार्कका अधिकारीले एक चट्टानमा बाघ आफ्ना डमरुसँग खेलिरहेको छ र उनीहरुलाई शिकारका लागि तालिम दिइरहेको छ,
साथै उनीहरुको खानपिनको प्रबन्ध पनि मिलाइरहेको छ । यो दृश्य देखेर जो कोही अचम्मित भएका थिए ।
विशेषज्ञका अनुसार बाघको यस्तो व्यवहार चकित पारिदिने किसिमको छ । साधारणतया यस्तो देखिँदैन ।
पन्ना टाइगर रिजर्व क्षेत्रका सञ्चालक उत्तम कुमार शर्माका अनुसार बाघ पी–२४३ यी डमरुका पिता हो र रिजर्व
व्यवस्थापनले यो भाले बाघको हरेक क्रियाकलाप र डमरुका लागि उसको प्रयासबारे पत्ता लगाउनका लागि
सेटेलाइट कलरमार्फत् जानकारी जुटाइरहेको छ ।
क्षेत्रका सञ्चालकका अनुसार भाले बाघले बच्चाको जिम्मेवारी
उठाएको घटना साधारणतया निकै कम देख्न पाइन्छ र यो निकै खुसीको कुरा हो ।