महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाह पथले निषेधाज्ञाको समयमा हराएका मोटरसाईकल नियन्त्रणमा लिई धनीलाई हस्तान्तरण गरेको छ ।
को’भिड १९ महा’मारी नियन्त्रण, रोकथाम तथा उपचारको लागि सरकारले जारी गरेको निषेधाज्ञाको समयमा
विभिन्न स्थानबाट हराएका मोटरसाईकल र स्कुटरलाई मंगलबार महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण गरिएकोमा ३३ वटा मोटरसाईकल र ८ वटा स्कुटर छन् ।
पछिल्लो समय चोरी भएर पक्राउ गरेको अधिकांश मोटरसाइकलहरु बजाज कम्पनीको
पल्सर र हिरो होन्डा कम्पनीका रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
विशेष गरेर चोरी गर्ने समुहले सस्तो, सुलभ, आकर्षक र बढी डिमान्ड हुने खालका मोटरसाइकल र स्कुटरहरु चोरी गर्ने गरेको पाईएको छ ।
युवा पुस्ताको रोजाई र ग्रामीण भेगमा समेत माग बढी भएकाले
पल्सर मोटरसाईकल बढी चोरी हुने गरेको बुझाई महाशाखाको छ ।
महाशाखाले यस आर्थिक बर्षमा मात्रै हराएका ४ सय १३ वटा मोटरसाइकल
खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा दिएको र चोरीमा संलग्न ५१ जनालाई पक्राउ गरेको छ ।