जीवन विकास लघुवित्तले सर्वसाधारणको लागि निष्काशनमा ल्याएको
प्राथमिक शेयर (आइपीओ) आज बुधबार बाँडफाँट गर्ने भएको छ ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बिहान ९ बजे आईपीओ बाँडफाँट हुने भएको हो ।
सोमबार प्रिअलोटमेन्ट सम्बन्धी सम्पुर्ण काम सकिएपछि लघुवित्तको आईपीओ आज बाँडफाँट गर्ने भएको हो ।
लघुवित्तको आईपीओमा तीन अर्ब रुपैयाँ बराबरको तीन करोड
१२ लाख ६६ हजार २६२ कित्ता शेयर खरिदको लागि आवेदन परेको छ ।
यो सर्वसाधारणलाई छुट्याएको १८ लाख ४८ हजार १५ कित्ताको १६.९२ गुणा हो ।
कम्पनीको शेयर धेरैले पाउने छैनन् यसै बीच ५ जना भाग्यमानी जसले ११ कित्ताका दरले शेयर पाउने छन् ।
कम्पनीको आइपिओ जम्मा १ लाख ८४ हजार ८ सय १ जनालाई
पहिले १० कित्ताका दरले बाँडफाँड गरिने क्यापिटलले जनाएको छ।