काठमाडौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन
गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (असार २३ गते, बुधबार) सम्पन्न भएकाे छ ।
उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडकाे कार्यालयमा बिहान ९:३० बजे सम्पन्न भएकाे हाे ।
बाँडफाँड सम्पन्न भएपनि रिजल्ट हेर्न भने लगानीकर्ताहरूले केही घण्टा कुर्नुपर्ने भएकाे छ ।
उक्त आईपीओकाे रिजल्ट २ देखि ३ बजेभित्रबाट हेर्न पाइने
एनएमबि क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ)
श्रीजेश घिमिरेले अर्थ संसार डटकमलाई जानकारी दिएका छन् ।