राष्ट्रियसभाको आजको बैठकमा ‘लोक सेवा आयोगको ६१ औँ
वार्षिक प्रतिवेदन, २०७६–०७७’ पेश भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय
मामिलामन्त्री लीलानाथ श्रेष्ठले आयोगको प्रतिवेदन सभामा पेश गरेका हुन् ।
यस्तै विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले
‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन’ र
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन’ पेश गरे ।
राष्ट्रियसभाको अर्को बैठक असार २७ गते आइतबार अपराह्न १ बजे बस्नेछ ।