काठमाडौँ : चितवनको सेती दोभानमा पहिरो जाँदा नारायणगढ–मुग्लिन सडक अवरु’द्ध भएको छ ।
गएराती परेको पहिरोका कारण सडक अवरुद्ध भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
पहिरो जाने क्रम नरोकिएकाले बाटो खुलाउन स’मस्या भएको पनि प्र’हरीले जनाएको छ ।
यस्तै काठमाडौँ–हेटौडा जाने सडक पनि अवरु’द्ध छ ।
भट्टेडाडा र इन्द्रसरोवरमा पहिरो जाँदा बाटो अवरु’द्ध भएको हो ।
बनेपा, धुलिखेल, सिन्धुली हुँदै पुर्व जाने गाडी पनि फुर्कोटमा पहिरो जाँदा रोकिएका छन् ।
गएराती फुर्कोटमा पहिरो जाँदा बाटो अवरु’द्ध भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
यस लगायतका विभिन्न ठाउँमा पहिरो जाने, रोकिने भएकाले बाटो
अवर’द्ध हुने र खुल्ने क्रम जारी रहेको पनि ट्राफिक प्र’हरीले जनाएको छ ।