दाङमा प्र’हरीले जु’वातास खेलिरहेको अवस्थामा करिब डेढ लाख नगद सहित ५ जना जु’वाडेलाई प’क्राउ गरेको छ ।
प’क्राउ पर्नेमा तुलसीपुर १५ का ३७ वर्षीय खडक बहादुर वली, तुलसीपुर ५ का ३४ वर्षीय शरण श्रेष्ठ,
तुलसीपुर ६ का ४१ वर्षीय मिन केतन गिरी, घोराही ७ का ४१ बिनोद खाती र
घोराही १५ का ३२ वर्षीय छबि गिरी रहेको जिल्ला प्र’हरी कार्यालय दाङले जनाएको छ ।
तुलसीपुर उप–महानगरपालिका १० गैरीगाउँ स्थित झगु प्रसाद बुढाथोकीको घरमा अ’बैध रुपमा
जु’वातास खेलिरहेका छन भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्र’हरी कार्यालय घोराही दाङ र
ईलाका प्र’हरी कार्यालय तुलसीपुरबाट गएको संयुक्त प्र’हरी टोलीले बुधवार दिउँसो
करिब साढे ४ बजेतिर नगद १ लाख ४७ हजार १२५ रुपैयाँ सहित ५ जनालाई प’क्राउ
गरिएको जिल्ला प्र’हरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।
उनीहरुको साथबाट जु’वा खेल्न प्रयोग भएको १ गड्डी तास समेत ब’रामद भएको प्र’हरीले जनाएको छ ।