मिर्मिरे लघुवित्तले एफपीओ निष्कासनका लागि रेटिङ सम्पन्न गरेको छ ।
यस एफपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी इस्यूआर बीबी’ रेटिङ दिएको छ ।
यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ ।
साथै, यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको भन्ने पनि जनाउँछ ।
कम्पनीले ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्ने तयारी गरेको छ ।
एफपीओ निष्काशन सम्बन्धी कार्य गर्न कम्पनीले नेपाल एसबीआई मर्चेन्ट बैंकिङसँग सम्झौता गरिसकेको छ ।
यसर्थ, मिर्मिरेको एफपीओमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ ।
यता, कम्पनीले एफपीओ निष्कासन गर्नको लागि अहिलेसम्म धितोपत्र बोर्डमा भने आवेदन दिएको छैन ।