हुम्लामा पहिलोपटक अनलाइन माध्यमबाट पठनपाठनको अभ्यास सुरु भएको छ ।
सदरमुकाम सिमकोटमा रहेको निजि कैलाश बोधि स्कुलले पहिलो अभ्यास सुरू गरेको हो ।
को’भिड-१९ सं’क्रमणको दोश्रो लहर फैलिंदै गएपछि जिल्लाका सम्पूर्ण विद्यालय बन्द छन् ।
सरकारले शैक्षिक संस्था बन्द गरेपछि पठन-पाठन लामो समयदेखि बन्द छन् ।
जिल्लामा पहिलोपटक अनलाइन माध्यम सुरू गरेका कैलाश बोधि विद्यालयका
प्रधानध्यापक छवाङ लामाले अनलाईन कक्षा प्रभावकारी रहेको जानकारी दिनुभयो ।
वैकल्पिक माध्यम अनलाइनबाट कक्षा पाँचदेखि कक्षा आठसम्मको सुरू गरेको विद्यालयका प्रधानध्यापक लामाको भनाई छ ।
अनलाइन कक्षाको प्रभावकारीता बढ्दै गएको र इन्टरनेटले राम्रो काम गर्दै गएमामा सबै कक्षाहरु सञ्चालन गर्ने भएको लामाले बताउनुभयो ।
जिल्लाका सरकारी विद्यालयका गतिविधि भने लकडाउनपछि ठप्प छ ।
सरोकारवाला निकायले अनलाइन माध्ययमबाट विद्यालय सञ्चालन गर्न अहिलेसम्म कुनै ध्यान नदिएको अभिभावकहरुको भनाइ छ ।