लगातार ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार दोहोरो अंकले बढेको छ ।
अप्रत्यासित ढंगले विकास बैंकप्रति लगानीकर्ता झुम्मिँदा समग्र परिसूचक २३ दशमलव ९७ अंकले बढेर २८२५ दशमलव १० बिन्दुमा पुगेको हो ।
कुल २२३ कम्पनीको १ करोड ३१ लाख ४३ हजार कित्ता शेयर ४ अर्ब ८१ करोड ५५ लाख रुपियाँमा कारोबार भएको छ ।
यससँगै नेप्सेमा सूचीकृत कम्पनीहरूको कुल बजार पुँजीकरण ३९ खर्ब २९ अर्ब ८६ करोड १४ लाख रुपियाँ पुगेको छ ।
बिहीबार कारोवार भएका १३ समूहमध्ये दुई समूहको परिसूचकमात्रै ओरालो लागेका छन् ।
बाँ ११ समूहको परिसूचक भने वृद्धि भएको छ ।
जसमध्ये व्यापार समूह २० दशमलव ६ र अन्य समूहको शेयर १२ दशमलव शून्य १ अंकले ओरालो लागेको हो ।
त्यसैगरी बैंकिङ समूह १७ दशमलव ८१, होटल तथा पर्यटन समूह १४ दशमलव ६५,
विकास बैंक ८९ दशमलव ५७, जलविद्युत् ५२ दशमलव शून्य ६,
वित्त ६४ दशमलव ९५, निर्जीवन बीमा समूह ४ दशमलव २३, उत्पादन समूह २३ दशमलव ८९,
लघुवित्त समूह ६८ दशमलव २९, जीवन बीमा ४२ दशमलव शून्य २,
सामूहिक लगानी कोष समूह शून्य दशमलव शून्य ३ र लगानी १ दशमलव १३ अंकले बढेको नेप्से जनाएको छ ।
यस कारोबार रकमका आधारमा नेपाल बैंक अगाडि रहेको छ ।
सो बैंकको २१ करोड ५२ लाख ९१ हजार रुपियाँको शेयर कारोबार भएको छ ।
यस्तै हिमालयन डिस्टिलरीको १७ करोड ४६ लाख ४८ हजार,
एनआईसी एसिया बैंकको १६ करोड ७९ लाख ६४ हजार, नेपाल पूर्वाधार बैंकको १३ करोड ९९ लाख २५ हजार र माथिल्लो तामाकोसीको १२ करोड ९५ लाख ३६ हजार रुपियाँको शेयर कारोबार भएको छ ।
समग्र परिसूचक दोहोरो अंकले बढेको दिन गुहेश्वरी मर्चेन्ट बैंक ९ दशमलव ४७, जोशी हाइड्रोपावर ५ दशमलव ७७, घलेम्दी हाइड्रोपावर
५ दशमलव ६६, यूनियन हाइड्रोपावर ५ दशमलव २८ र मल्टीप्रपोज फाइनान्सका
लगानीकर्ताले ५ दशमलव शून्य ९ प्रतिशतले कमाउँदा कर्पोरेट डेभलपमेन्ट बैंक,
गुडविल फाइनान्सको ऋणपत्र, सानिमा लार्ज क्याप फन्ड,
नेपाल दूरसञ्चार कम्पनी र सीईडीबी हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् ।