डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिचले डेनिस सापोभालोभलाई हराएर विम्बल्डनको मेन्स सिंगल्स फाइनलमा इटालीका माटियो बेरेटीनीसँग खेल्ने तय गरेका छन् ।
विश्व नम्बर एक सर्बियाली खेलाडी जोकोभिचले क्यानाडाका सापोभालोभलाई ७–६, ७–५, ७–५ ले हराएका थिए ।
यसअघिको सेमिफाइनल खेलमा बेरेटीनीले पोल्यान्डका हुबर्ट हुरकाजलाई ६–३, ६–०, ६–७, ६–४ ले हराएर पहिलोपटक ग्रान्डस्लाम फाइनलमा स्थान बनाएका थिए ।
उनी विम्बल्डनको मेन्स सिंगल्स फाइनलमा पुग्ने पहिलो इटालियन खेलाडी बनेका छन् ।
बेरेटीनीले बताए–‘साँच्चिकै मसँग कुनै शब्दहरू छैनन्, मैले यसबारे सपनामा पनि सोचेको थिएन किनभने सपनाको लागि यो धेरै नै थियो ।
जोकोभिचले विम्बल्डनमा पाँचपटक उपाधि जितिसकेका छन् ।
उनले पछिल्लोपटक २०१८ र २०१९ मा जितेका थिए ।
२०२० मा कोरोनाको कारण प्रतियोगिता रद्द गरिएको थियो ।
यदि, आइतबार हुने फाइनल जितेमा जोकोभिचले रोजर फेडरर र राफाल नाडालको २० कीर्तिमानी ग्रान्डस्लाम उपाधिसंख्यासँग बराबरी गर्नेछन् ।
३४ वर्षीय जोकोभिचले यो वर्षका ग्रान्डस्लाम प्रतियोगिता फ्रेन्च ओपन र अस्टे«लियन ओपन पनि जितेका छन् ।