युरोकप २०२० को उपाधि इटालीले जितेको छ । गएराति भएको खेलमा इङ्ल्याण्डलाई पेनाल्टी
सुटआउटमा ३–२ ले हराउँदै इटालीले दोस्रो पटक युरो कपको उपाधि जितेको हो ।
इटालीकै गोलकिपर जियानलुइजी डोनारुम्मा युरो कपको प्लेअर अफ दी टुर्नामेन्ट घोषित भएका छन् ।
निधारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि १–१ बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
इटालीका गोलकिपर २२ वर्षीय डोनारुम्माले इङ्ल्याण्डका दुई खेलाडीको पेनाल्टी बचाएर टोलीलाई उपाधि दिलाएका थिए ।
सेमिफाइनलको खेलमा स्पेनसँगको पेनाल्टी सुट आउटमा पनि
डोनारुम्माले राम्रो प्रदर्शन गरी टोलीलाई फाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
युरो कपका ७ खेलमध्ये ३ खेलमा क्लिन सिट राख्न सफल डोनारुम्माले प्रतियोगिताभर ४ गोल बेहोरे ।