विद्यार्थी संगठनको आन्दोलनको दबाबमा नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।
निगमले लगातार मूल्यवृद्धि गरेपछि नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी,
अनेरास्ववियुलगायतका विद्यार्थी संगठनले आन्दोलन चर्काएपछि निगमले इन्धनको मूल्य एक रुपैयाँले घटाएको हो ।
निगमले जारी गरेको विज्ञप्तिअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य एक रुपैयाँ घटाइएको छ ।
जसअनुसार पेट्रोल अब १२८ रुपैयाँ, डिजेल र मट्टितेलको १११ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई जोन्सन एण्ड जोन्सनको खोप
वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरुलाई अमेरिकाले अनुदानमा दिएको
को’रोना भाइ’रसवि’रुद्ध एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खो’प दिइने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवस्तरबाट वैदेशिक रोजगारीमा जाने कामदारको लागि उक्त कम्पनीको खो’प लगाउने निर्णय भएको हो ।
स्वास्थ्य मन्त्रालयले गत सोमबार वैदेशिक रोजगारीमा जाने कामदारलाई खो’पको प्राथमिकतामा राख्दै भेरोसेलको खो’प दिने निर्णय गरेको थियो ।
तर, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ तथा वैदेशिक रोजगार क्षेत्रका विभिन्न संघसस्थाहरुले
रोजगारीमा जाने कामदारलाई कम्तिमा तीन हप्ताको अन्तरमा लगाउने भेरोसेल लगाउँदा विदेश जान अप्ठ्यारो पर्ने
भएकाले उनीहरुलाई एक डोज लगाए पुग्ने जोनसन एण्ड जोनसनको खो’प लगाउन माग गरेका थिए ।