जल तथा मौसम विज्ञान विभागले दाङको देउखुरी क्षेत्रमा डुबान
हुनसक्ने भन्दै सो क्षेत्रका मानिसलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले सूचना जारी गरी सतर्कता अपनाउन आग्रह गरेको हो ।
सूचनामा लेखिएको छ,‘दाङको देउखुरी क्षेत्रमा पछिल्लो तीन घन्टामा भारी वर्षा भएको छ ।
सो क्षेत्र भइ बहने ससाना खोलाहरूमा आकस्मिक बहाव हुने सम्भावना भएकाले
तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूमा दिउँसैसम्म सतर्कता अपनाऔँ ।’
यसै गरी विभागले डोटीस्थित खुटिया खोला मुदिभारमा आकस्मिक बहाव भई जलसतहले
ख’तरा तह पार गरेकाले तटीय क्षेत्रहरूमा दिउँसो सम्म सत’र्कता अपनाउन पनि आग्रह गरेकाे छ ।