काठमाडौँ : पछिल्लो ६ घण्टादेखिको भारी वर्षाका
कारण कैलालीको मोहना नदीमा बाढी आएको छ ।
अविरल वर्षाले नदीमा पानीको सतह बढ्दा खतराको
तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहान साढे ९ बजेसम्म नदीमा पानीको
सतहले खतराको तह पार गरेको महाशाखाले जनाएको छ ।
मोहना नदीमा बाढी आएपछि तटीय क्षेत्रहरू
तथा डुबान भइरहने ठाउँका बासिन्दालाई सतर्क हुन आग्रह गरिएको छ ।
मोहना नदीको बाढीले कैलालीको
टीकापुर लगायतका क्षेत्रमा डुबान हुने गरेको छ ।