नेपाली सेना आजदेखि नयाँ संरचनामा सञ्चालन हुन थालेको छ।
८ वटा पृतना खारेज गर्दै ४ वटा कमाण्डमा सञ्चालन हुन थालेको हो।
गत असार २४ गतेको मन्त्रिपरिषदले नेपाली सेनाको सांगठनिक पुनर्संरचना स्वीकृत गरेको थियो।
त्यसलाई सेनाले नयाँ आर्थिक वर्षबाट कार्यन्वयनमा ल्याएको सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताए।
शुक्रबार जंगी अड्डामा एक समारोहकाबीच प्रधान सेनापति पूर्णचन्द्र थापाले कमाण्ड
हेडक्वाटरका कमाण्ड सेनापतिहरुलाई कमाण्ड झण्डा हस्तान्तरण गरेका हुन्।
बलाधिकृत रथी प्रभुराम शर्मा लगायत जंगी अड्डा स्थित
विभिन्न कार्यालयका रथी तथा अधिकृतहरुको उपस्थिती रहेको थियो।

