दाङको लमही अ’स्पतालमा सर्पदंश उपचार केन्द्र स्थापना गरिएपछि उपचारका लागि बि’रामीलाई सहज भएको छ ।
राजपुर गाउँपालिका– ३ प्रतापपुरका प्रेम यादवलाई शुक्रबार सर्पले डस्यो ।
उनी उपचारका लागि लमही सर्पदंश उपचार केन्द्रमा उपचारका लागि भर्ना भए ।
स्वास्थ्यमा सुधार आएको अ’स्पतालमा कार्यरत चिकित्सक छविलाल थापाले जानकारी दिए ।
लमहीमा अ’स्पतालमा सर्पदंशको उपचार शुरु भएको पहिलो दिनमै उपचार सेवा लिने यादव पहिलो व्यक्ति हुन् ।
दाङमा सर्पको उच्च जोखिमलाई मध्यनजर गरेर सो अ’स्पतालमा सर्पदंशकाे उपचार थालिएको हो ।
लमही नगरपालिकाले आफ्नै लगानीमा सर्पदंश उपचार केन्द्र स्थापना गरेको हो ।
मेडिकल अधिकृतसहित चार स्वास्थ्यकर्मी सर्पदंश उपचारको काममा संलग्न रहेका छन् ।
नगरपालिकाको लगानीमा रु दुई करोड ८० लाख बजेटमा उपचार केन्द्र भवन निर्माण गरिएको हो ।