नेकपा (एमाले)का सांसद भीम रावलले पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
एमाले विवाद उत्कर्षमा पुगेका भेला उपाध्यक्ष समेत रहेका रावलले
राजीनामाको घोषणा गरेका हुन्। उनी पदबाट राजीनामा दिन संसद् सचिवालय पुगेका छन्।
आज पुनःस्थापित प्रतिनिधि सभाको बैठक बस्न लागेको छ।
उनले बैठक बस्न अघि सांसदबाट राजीनामा दिने घोषणा गरेका हुन्।
रावल २०७४ मा अछाम–१ बाट प्रतिनिधि सभामा निर्वाचित भएका हुन्।