आज महाकाली, कर्णाली, नारायणी र कोशीका सहायक नदीहरुमा
जलस्तर बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार जारी बुलेटिनमा महाशाखाले यस्तो जानकारी दिएको छ ।
वर्षाका कारण भेरी, मर्स्याङ्दी, बुढीगण्डकी, त्रिशुली र सुनकोशीको स्तर बढ्ने सम्भावना छ ।
यसैगरी, भोटेकोशी, तामाकोशीलगायत तिनाउ, बबई जलाधारका नदीहरुमा बहाव बढ्ने र
केहीमा सतर्कता तह आसपास पुग्न सक्ने महाशाखाको पूर्वानुमान छ ।
यसै कारण तटीय क्षेत्र तथा डुवान भईरहने स्थानका वासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।