काठमाडौँ, ४ साउन: प्रधानमन्त्री शेरबहादुर देउवालाई सङ्घीय संसद्को प्रतिनिधिसभाबाट
विश्वासको मत प्राप्त गरेकोमा पाकिस्तानका
प्रधानमन्त्री इमरान खानले बधाई ज्ञापन गरेका छन् ।
प्रधानमन्त्री खानले आज बिहान ट्वीट गर्दै नेपालसँगको
हार्दिक सम्बन्ध अझ प्र्रगाढ बनाइने जनाएका छन् ।
उनले साझा चासोका विषयमा नेपालसँग अझ नजिक
रहेर कार्य गरिने विश्वास पनि व्यक्त गरेका छन्।

