साउन ५, काठमाडौं । पछिल्लो समय विभिन्न कम्पनीहरुले धमाधम हकप्रद शेयर निष्कासन गरिरहेका छन् ।
तोकिएको समयमा चुक्ता पूँजी पुर्याउनका लागि विभिन्न कम्पनीहरुले हकप्रद शेयर निष्कासन गर्न लागेका हुन् ।
पाँच कम्पनी नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा हकप्रद शेयर निष्कासन तथा स्वीकृतिका लागि पाइपलाइनमा रहेका छन् ।
यतिबेला शिखर इन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक,
एक्सेल डेभलपमेन्ट बैंक र छ्याङ्दी हाइड्रोपावर कम्पनी हकप्रद शेयर
निष्कासन तथा स्वीकृतिका लागि पाइपलाइनमा रहेका छन् ।
शिखर इन्स्योरेन्स लिमिटेड सय रुपैयाँ अंकित दरको ५२ करोड ७५ लाख ५७ हजार २०० रुपैयाँ
बराबरको ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो ।
यस्तै, नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले १ बराबर १ ९१ः१० को अनुपातमा हकप्रद
शेयर निष्कासन गर्न गत असार ४ गते सेबोनमा निवेदन पेश गरेको हो ।
कम्पनीले सय रुपैयाँ अंकित दरको १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ
बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो ।

