मटिहानी नगरपालिका स्थित पौराणिक र ऐतिहासिक महत्व बोकेको
लक्ष्मी नारायण पोखरीमा साप्ताहिक लक्ष्मी नारायण भगवानको
संध्या महाआरती शुभारम्भ भएको छ ।
दुलही जस्तै सिंगारिएको महाआरती स्थलमा आरती हेर्न हजारौ स्थानीयको सहभागिता छ ।
करिब दुई करोडको लागतमा सौन्दर्यिकरण गरिएको
लक्ष्मी नारायण पोखरीमा मंगलबार राती विधि पुर्वक
विशिष्ट महाआरती प्रारम्भ भएको हो ।
मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मण्डलको
महत्वाकांक्षी योजना अन्तर्गत मटिहानीको धार्मिक र ऐतिहासिक
महत्वलाई अझै फैलाई धार्मिक र पर्यटकीय आगन्तुक
भित्र्याउने उदेश्यका साथ सुरु गरिएको बताए ।