हान्यु नेपाली समाज जापान र ग्रुप अफ जापानको संयुक्त आयोजनामा जापानमा रहेका नेपालीबीच
‘ग्रुप अफ जापान हान्स कप –२०२१’ खुल्ला पुरुष भलिवल प्रतियोगिता आयोजना हुने भएको छ ।
प्रतियोगिता हान्यु शि साईतामा केनमा रहेको हान्यु गेम सेन्टरमा १५ अगष्टदेखि शुरु हुनेछ ।
प्रतियोगिताको विजेता टोलीले ३ लाख जापानी येन प्राप्त गर्नेछन् ।
दोस्रो हुनेले २ लाख तथा तेस्रो हुने टोलीले १ लाख जापानी येनसहित ट्रफी,
मेडल र प्रमाणपत्र हात पार्नेछन् । व्यक्तिगत विधाको पुरस्कार पनि समावेश गरिएको छ ।
टिम दर्ताको लागि ८ अगस्टसम्म समयसीमा तोकिएको छ ।
दर्ता शुल्क ४ मान येन तोकिएको छ । प्रतियोगिताको लागि एक टोलीले १२ जना खेलाडी राख्न पाउनेछ ।
जापानमा रहेका नेपालीहरुबीच आपसी सदभाव र भाईचाराको भावनालाई
प्रगाढ बनाउनका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको पुर्व राष्ट्रिय भलिबल
खेलाडीसमेत रहेका ग्रुप अफ जापानका अध्यक्ष मदन साउदले जानकारी दिए ।
उनले सन् २०१९ मा स्थापित ग्रुप जापान जापानको विधान अनुसार दर्ता प्रक्रियामा रहेको पनि जानकारी दिए ।