काठमाडौं, ८ साउन । प्रधानमन्त्री शेरबहादुर
देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।
आज शितलनिवासमा देउवाले भण्डारीसँग
झण्डै एक घन्टा भेटवार्ता गरेका हुन् ।
देउवा शितलनिवासमा सवा ६ बसे प्रवेश
गरेर ७ बजेर १० मिनेटमा फर्किएका थिए ।
भण्डारी र देउवाबीच पछिल्लो राजनीतिक
परिस्थितिबारे कुराकानी भएको बुझिएको छ ।
देउवाले प्रधानमन्त्रीमा सपथ लिएपछि
भण्डारीसँग पहिलोपटक भेटवार्ता गरेका हुन् ।
यसअघि सपथ ग्रहणमा राष्ट्रपति र
प्रधानमन्त्रीबीच केही तनाव भएको थियो ।-

