सुर्खेतका जनप्रतिनिधिहरुले स्थानीय तहमा बैंक थप्न माग गरेका छन ।
सामाजिक सुरक्षा भत्ता लिन जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई निकै सकस परिरहेको छ ।
सुर्खेतका स्थानीयतहका प्रमुखहरुले आफनो स्थानीय तहमा एक मात्रै बैंक भएकोले त्यो संख्या कम हुदा सेवा प्रवाहमा समस्या भएकोले बैंकहरुको संख्या थप्न माग गरेका हुन ।
सामाजिक सुरक्षा भत्ता लिन जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई निकै सकस परिरहेको छ ।
स्थानीय तहमा एक मात्रै बैंक हुदा पालिकाहरुवाट वितरण हुने सामजिक सुरक्षालगाएतका भत्ता वितरणमा समस्या भएको चिङ्गगाड गाउपालिका अध्यक्ष देववहादुर चन्दले वताउनुभयो ।
गाँउपालिकामा एक मात्र बैंक हुदा समस्याभएकोले भुगोल हेरेर अरु थप बैंक संचालन गर्नु पर्ने अध्यक्ष चन्दले बताउनुभयो ।
“७० देखि ९० वर्षका जेष्ठ नागरिकहरुले सामजिक सुरक्षा भत्ता लिन आफै हिडेर आउन सक्दैनन, मान्छे लगाएर बैंक भएको ठाँउसम्म ल्याउन ५ हजार भाडा लाग्छ, अनि खर्च धेरै हुन्छ वुझेको रकम भन्दा भाडा धेरै लाग्छ” उहाँले भन्नुभयो ।
आम्दानी भन्दा खर्च धेरै हुने योजना त्यो प्रभावकारी भएन, भुगोल अनुसारको सेवाप्रवाह भएको छैन अव सिस्टम चेन्ज गर्नुपर्छ उहाँले भन्नुभयो । सिस्टम चेन्ज नगरे यस्तो अवस्थामा सामजिक सुरक्षा भत्ता दिन समस्या हुने चन्दको भनाई छ ।
पालिकामा एक मात्र बैंक हुदा जेष्ठ नागरिकका लागि वैंकिंक प्रणाली झण्झटिलो भएकोले पालिकाको भुगोल तथा जनसंख्या अनुसार बैंकहरु थप्नुपर्ने पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रवहादुर थापाले बताउनुभयो ।
“जेष्ठ नागरिकको खाता खोल्नमा निकै समस्या भएको छ, भौगोनिक विकटताले गर्दा बैंक भएको ठाँउ सम्मआउन जेष्ठ नागरिकलाई समस्या भएकोले बैकलेले गाँउमा जानुपर्छ ” उहाँले भन्नुभयो ।
स्थानीय तहहरुमा कम्तिमा ३/४ वटा बैंकहरु स्थापना गर्नुपर्छ थापाले बताउनुभयो । भुगोल ठुलो र वस्ती धेरै टाढा भएकोले अवस्था हेरेर बैंकहरु थप्नुपर्ने थापाको भनाई छ ।
सामाजिक सुरक्षा भत्ता बुझ्न जेष्ठ नागरिकहरु अरुकै साहारामा बैंक भएको ठाँउमा आउनुपर्ने भएकोले समस्या भएको भेरीगंगा नगरपालिकाका उपप्रमुख रेनु आचार्यले बताउनुभयो ।
“गाँउबाट बैंक भएको ठाँउसम्म आउन करीब पाँच घण्टा समय लाग्छ, आफै हिड्न सक्दैनन दुर्गम गाँउमा यातायातका साधन चल्दैनन, सारै समस्या भएको छ”उहाँले भन्नुभयो ।
अरुको साहारामा बैंकमा आउदा भीडका कारण लाइनमा बस्नुपर्छ त्यस्तो अवस्थाको अन्त्य गर्न जेष्ठ नागरिकहरुको हकमा घरमै पुरयाउने ब्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो ।
सरकारले दिएको सामजिक सुरक्षाको भत्ता लिन पनि निकै सास्ती खेप्नु पर्छ उपप्रमुख आचार्यको भनाई छ ।
जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाइ सहजताका लागी बैंकहरु संग पहल भइरहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक अनुज भण्डारीले जानकारी दिनुभयो ।
कतिपयको बैक खाता खोल्नु पर्ने तथा अध्यावधिक गर्नु पर्ने भएकोले बैंकमा स्वयम ब्यक्ति आफै उपस्थित हुनुपर्ने ब्यवस्था भएको निर्देशक भण्डारीले बताउनुभयो ।
“एक वर्षमा एक पटक सामजिक सुरक्षा भत्ता लिन जादा हुन्छ , वैकंमा भिडभाड गर्न पाइदैन ,जेष्ठ नागरिकलाई लाइनमा बसालेर धेरै कुराउनु राम्रो होइन ,
स्थानीय तहको सहजीकरणमा बैंकहरु घरमै गएर सेवाप्रवाह गर्नुपर्छ” उहाँले भन्नुभयो ।
पालिकाको सहजीकरणमा घरमा गएर खाता खोल्ने तथा भत्ता वापत पाउने रकम भुत्तानी गर्नुपर्ने भण्डारीले बताउनुभयो ।
भण्डारीका अनुसार कतिपयको अरुले निकालेर विचमै रकम हिनामिना गरिदिने भएकोले स्वयम ब्यक्ति आफै आएर रकम भुक्तानी दिने ब्वस्था गरिएको हो ।
सामाजिक सुरक्षा भत्ता लिन जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई निकै सकस परिरहेको छ ।