काठमाडौं – रेटिङ एजेन्सी इक्रा नेपालले मिर्मिरे लघुवित्त वित्तीय संस्था
लिमिटेडले निष्कासन गर्न लागेकाे एफपीओलाई रेटिङ प्रदान गरेको छ ।
संस्थाकाे एफपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी इस्यूआर
बीबी’ रेटिङ प्रदान गरेको हो । यस रेटिङले कम्पनीको वित्तीय दायित्व
बहन गर्ने क्षमता मध्यम जो’खिम रहेको तथा कम्पनीकाे आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ ।
संस्थाले एक सय रुपैयाँ अंकित दरका ५१ हजार ३ सय १६ कित्ता एफपीओ निष्कासन गर्न लागेकाे हाे ।
संस्थाले एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल
एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरिसकेकाे छ ।
संस्थाकाे चैत्र १८ गते, बुधबार, पञ्चकन्या बैंन्क्वेट,बनेपा,
काभ्रेपलाञ्चाेकमा सम्पन्न भएकाे दशाैँ वार्षिक साधारण
सभाले एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेकाे छ ।
संस्थाले स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गरेपश्चात संस्थापक
सेयर र सर्वसाधारण सेयर पुँजीको अनुपात मिलान गर्ने क्रममा फरक
परेको रकमलाई प्रिमियममा एफपीओ निष्कासन गर्न लागेकाे हाे ।