पेरीस सेन्ट जर्मेनका स्ट्राइकर केलियन एमबाप्पेले प्रशिक्षक
माउरिसियो पोचेटिनोलाई क्लवसँग नयाँ सम्झौता नगर्ने बताएका छन ।
एमबाप्पेको पीएसजीसँगको सम्झौता अर्को सिजनमा सकिँदैछ ।
फ्रेन्च स्ट्राइकर एमबाप्पेलाई भित्र्याउनका
लागि स्पेनीस क्लव रियल मड्रिड आतुर रहेको छ ।
युरोकप पछि छुट्टिमा गएका एमबाप्पे क्लवमा फर्किएपछि
मेडिकल टेष्टमा गएका थिए । त्यसपछि उनले प्रशिक्षकलाई
भेट्दा आफु अर्को सिजनपछि नयाँ सम्झौता नगर्ने बताएका हुन ।
पीएसजीका कतारी मालिकले एमबाप्पेलाई कुनै पनि कुराको कमि हुन दिएका छैनन् ।
तर पनि एमबाप्पेले पीएसजीसँगको सम्बन्ध अर्को सिजनमा तोड्ने योजना बनाएका हुन ।
यता रियलले एमबाप्पेसँगको सम्झौताका लागि आन्तरीक रुपमा सुरु गरेको बताइएको छ ।
रियलका अध्यक्ष फ्लोरेन्टो पेरेजपनि एमबाप्पेलाई भित्र्याउनका लागि उचित समय कुरिरहेको बताएका छन ।

