काठमाडौं । मध्य भोटेकोशी जलविद्युत आयोजनाको ६० लाख कित्ता बराबरको प्राथमिक
सेयर (आईपीओ) पुनः मंगलबारबाट सर्वसाधारणका लागि खुल्ला भएको छ ।
गत वैशाख १३ गतेदेखि २१ गतेसम्म खुल्ला भएको
उक्त आईपीओ २४ गते देखि बिक्री बन्द गरिएकोमा कम्पनीले
उक्त आईपीओ पुनः सर्वसाधारणका लागि खुल्ला गरेको हो ।
मंगलबार देखि सर्वसाधारणका लागि खुल्ला गरिएको
कुल ६० लाख कित्ता सेयर मध्ये सर्वसाधारण लगानी कर्ताले
न्यूनतम ५० कित्ता देखि अधिकतम ४०० कित्तासम्मको
लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । तर, आवेदन भने, छिटोमा श्रावण १७ गते
सम्ममा र ढिलोमा श्रावण ३२ गतेसम्म निष्कासन बन्द हुने कम्पनीले जनाएको छ ।
असोजसम्म एक तिहाई नागरिकले खो’प पाउलान् ?
असोजसम्म एक तिहाई नागरिकलाई को’रोना खो’प दिने प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको पहिलो निर्णय हो ।
२९ असारमा पाँचौं पटक प्रधानमन्त्री नियुक्त भएका देउवाको पहिलो मन्त्रिपरिषद् बैठकले असोज मसान्तसम्म एक तिहाई
नागरिकलाई खो’प लगाउने र चैत मसान्तसम्म खो’प लगाउन योग्य सबै नागरिकलाई खो’प लगाउने निर्णय गरेको थियो ।
तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफैंसँग राखेका देउवाले आइतबार व्यापारी पृष्ठभूमिका
सांसद उमेश श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका छन् । के सरकारको खोपको लक्ष्य पूरा हुन्छ त ?
अपेक्षा गरे अनुसारको खो’प उपलब्ध भएमा असोजभित्र एक तिहाई नागरिकलाई खो’प लगाउन सकिने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
खरिद सम्झौता, कोभ्याक्स सुविधा, अनुदान एवं खरिदका लागि सरकारले बढाएको प्रक्रिया खो’प आउने
आधार हेरेर नै सरकारले यस्तो प्रक्षेपण गरेको स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतम बताउँछन् ।
तर सरकारको खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज सरकारी लक्ष्यलाई महत्वकांक्षी मान्छन् ।
उनका अनुसार यो आर्थिक वर्षको अन्तिमसम्म ५० प्रतिशतभन्दा बढी जनसंख्याले खो’प पाउने देखिन्छ ।
‘खो’प खरिदका लागि प्रक्रिया अघि बढेको भए पनि खोप उत्पादक कम्पनीले अहिलेसम्म सकारात्मक जवाफ फर्काएको छैन,’
उनले भने, ‘कोभ्याक्स सुविधामार्फत छिटोमा सन् २०२२ भित्र खो’प प्राप्त हुने विश्वास लिएका छौं ।’