सेयरको प्राथमिक बजारमा (आईपीओ) यो वर्ष ७८ अर्ब रुपैयाँ लगानी भएको छ ।
जुन २८ वर्षको इतिहासमै उच्च हो । नेपाल धितोपत्र बोर्डले स–साना बचत संकलन गरी
दीर्घकालिन पुँजी उत्पादनशील क्षेत्रमा सहयोग पुर्याउने बोर्डले उद्देश्यले सफलता हासिल गरेको जनाएको छ ।
आईपीओमा लगानीकर्ताको आकर्षण धेरै देखिन्छ ।
गत असारमा १७ लाख डिम्याट खाता रहेकोमा झण्डै एक वर्षको
अवधिका शतप्रतिशत बढेर ३५ लाख डिम्याट खाता पुगेको छ ।
यस्तै मेरो सेयरको प्रयोगकर्ताहरु पनि तीन गुणाले बढेका छन् ।
हाल मेरो सेयरका प्रयोगकर्ता २६ लाख पुगिसकेको छ ।
अहिले एउटै कम्पनीको आईपीओमा १८ लाख बढीले आवेदन दिन थालेका छन् ।
जबकी गत असारसम्म ७ लाखले मात्र आवेदन दिन्थे ।
यस्तै अनलाइन कारोबारकालागि ६ लाख ६० हजारले युजर आइडी लिएका छन् ।
औसतमा ६ लाख प्रयोगकर्ता अनलाइन कारोबारमा आवद्ध छन् ।
पछिल्लो समय औसतमा १७ अर्बको हाराहारीमा कारोबार हुन थालेको छ ।
दोस्रो बजारका परिसूचकहरू ऐतिहासिक उचाइँमा रहेका छन् ।
कूल गार्हस्थ्य उत्पादनमा बजार पुँजीकरणको अनुपात गत वर्ष ४५ प्रतिशत मात्र
रहेकोमा हाल कुल गार्हस्थ्य उत्पादन बराबर पुगेको छ ।
यसले धितोपत्रको बजार र तरलता बढेको पुष्टी गरेको छ ।
साथैै कारोबारको लागत घटाइएका कारणले बजारप्रति
सर्वसाधारणको आकर्षण बृद्धि भइ व्यापक रूपमा सहभागिता बढ्न गएको बोर्डले भनेको छ ।
यससँगै अर्थतन्त्रमा अन्य लगानी क्षेत्रहरूमा संकुचन आएको र बैकिङ्ग
क्षेत्रमा पर्याप्त तरलता रहेका कारण पनि दोस्रो बजार
गतिविधिहरूमा ऐतिहासिक वृद्धि भएको अनुमान गर्न सकिन्छ ।

