एजेन्सी । टोकियो ओलम्पिकमा नेपालका पौडीबाज अलेक्जेण्डर शाहले आज प्रतिस्पर्धा गर्दैछन् ।
उनले पौडीको पुरुष सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।
प्रतिष्पर्धाको पहिलो हिटमै रहेका अलेक्सको खेल नेपाली
समय अनुसार आज दिउँसो पौने ४ बजे हुनेछ ।
यो हिटमा नेपालसँगै भुटान, माल्दिभ्स, कोसोभो,
गुयाना, सोलोमन आइल्याण्ड र प्यालेस्टाइनका खेलाडीहरु रहेका छन् ।
टोकियो ओलम्पिकमा पौडीतर्फ नेपालका दुई खेलाडीहरुले भाग लिएका छन् ।
अलेक्ससँगै महिला सय मिटर फ्रिस्टाइलमा गौरिका सिंहले प्रतिस्पर्धा गदैैछिन् ।
५ वर्ष अगाडि रियो ओलम्पिक पनि खेलेकी गौरिका दुई पटक अोलम्पिक खेल्ने नेपाली खेलाडी बनेकी छिन् ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
आजको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्र पढेर सुनाउने छन् ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ पेश गर्ने कार्यसूची रहेको छ ।
शोक प्रस्ताव पेश गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ ।