पोखराका पर्यटन व्यवसायीहरुले को’रोना वि’रुद्धको ५ हजार खो’प उपलब्ध गराउन माग गरेका छन् ।
हालै नियुक्त भएका गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनलाई मंगलबार बधाई ज्ञापन गर्दै
पोखराका पर्यटन व्यवसायीहरुले उक्त खो’प उपलब्ध गराउन माग गरेका हुन् ।
पोखराको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि तत्काल पाँच हजार खो’प व्यवस्थापन गर्न मन्त्री समक्ष आफूहरुले माग गरेको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी बहादुर भट्टराईले बताए ।
उनले भने, “अहिलेको अवस्थामा हामीलाई ५ हजार मात्र खोप उपलब्ध गराए पनि हामीले पर्यटन प्रवद्र्धन हुने गरी पर्यटकीय गतिविधि समेत सञ्चालन गर्न सक्ने अवस्थामा हुन्छौं,
अन्यथा हामीले व्यवसाय सञ्चालनमा कठिनाइ हुन सक्छ ।”
अर्थमन्त्री बरालले प्रदेश सरकारले खोप व्यवस्थापन गर्न केन्द्र सरकारसँग पनि पहल गर्ने आश्वासन दिए ।
पोखरा पर्यटन परिषदको नेतृत्वमा पोखराका अगुवा पर्यटनकर्मीहरु अर्थ मन्त्रालय पुगेर अर्थ मन्त्री बराललाई
बधाई दिँदै व्यावसायिक जीवन रक्षा कोषबाट समस्यामा परेका व्यवसायीलाई राहत उपलब्ध गराउन माग समेत गरे ।
मन्त्री बरालले कोरोनाबाट थलिएको पर्यटन व्यवसायीको मागलाई सम्बोधन गर्न आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने बताए ।
उनले भने, “यतिवेला जनतासँग प्रत्यक्ष भेटघाटमा हामी व्यस्त भएका छौं, जनताको आवश्यकताको आधारमा हामीले प्रथामिकता दिनेछौं ।”
परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले आफूहरुलाई हाल पहिलो चरणमा होटल तथा
रेष्टुरेण्ट सहितका मजदुर एवं व्यवसायीहरुलाई लक्षित गरी ५ हजार कोरोना बिरुद्धको खोप आवश्यक भएको बताए ।
गण्डकी प्रदेश सरकारले अघिल्लो वर्षमा ल्याएको एक अर्बको व्यावसायिक जीवन रक्षाकोष अधिकांश साना तथा मझौला व्यवसायीको पहँुचमा नभएको उनले दाबी गरे ।
बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता तथा व्याज आगामी २ वर्षसम्म तिर्न सक्ने
कुनै सम्भावना नभएकोले कर्जा तालीकालाई पुनर्तालीकीकरण गर्न पर्यटन व्यवसायीहरुले माग गरेका छन् ।
नेपाल राष्ट्र बैंकले ल्याइने मौद्रिक नीतिमा आगामी आर्थिक वर्ष २०७८÷०७९ मा पर्यटन प्राथमिकता प्राप्त क्षेत्रको रुपमा
सम्बोधन गरी हरेक बैंकले बढीमा ५ प्रतिशत ऋण सहुलियत व्याजदरमा पर्यटन उद्योगमा अनिवार्य लगानी गर्ने गरी व्यवस्था मिलाउन समेत अनुरोध गरिएको भट्टराईले बताए ।
अग्रज पर्यटन व्यवसायी अग्नी कँडेल, वासी त्रिपाठी, टिकाराम सापकोटा लगायतले यो वर्ष करमा सहुलियत उपलब्ध गराउन सरकारसँग माग गरे ।
पदमार्ग संरक्षण गर्न र पर्यटकीय गन्तव्यहरुको संरक्षणमा ध्यान दिन समेत पर्यटन व्यवसायीहरुले माग गरेका थिए ।